Nepal Insurance Surveyors Association

Uncategorized

NISA ले सर्भे फी स्केलको बारेमा सबै बीमा कम्पनीहरुमा पत्राचार गरिसकेको जानकारी

मिति २०८१.०५.०१ गते देखि लागु हुने गरी NISA ले सर्भे फी स्केलको बारेमा सबै बीमा कम्पनीहरुमा पत्राचार गरिसकेको जानकारी गराउदछौ । यसरी निसाले प्रस्ताब गरेको सर्भे फी लागु भए पछी अर्थात मिति २०८१.०५.०१ देखि कुनै पनि सर्भेयरलाई बीमा कम्पनीले सर्भे कार्य गर्न नियुक्त गरिएमा यस संघबाट प्रस्ताबित स्केललाई स्वत मान्य भएको ठहरिनेछ । यदि सो स्केलमा कुनै सर्भेयरलाइ कम पारिश्रमिक तथा कम खर्चमा सर्भे काम गर्न लगाएमा बिमा सर्भेयर संघले बीमा कम्पनीलाई आवश्यक हस्तक्षेप गर्न बाध्य हुने भन्ने पत्राचार भएकोमा हाल बीमा प्राधिकरण को पहलमा भोलि बिहान छलफल सुरु हुन गइ रहेको जानकारी सम्पुर्ण सर्भेयरहरुमा गराउदछौ । अत उक्त अनुसार भएको प्रगति सबैमा अबगत गरिने नै जानकारी गर्दछौ ।

NISA ले सर्भे फी स्केलको बारेमा सबै बीमा कम्पनीहरुमा पत्राचार गरिसकेको जानकारी Read More »

अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित

बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको भखरै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा पुनःनिर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका हुन् ।  यसैगरी संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहनुभएको छ । एसोसिएसनको संस्थापक महासचिवहुँदै ढकालले धेरै पटक कार्यसमितिमा उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट  माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेका छन्  ।  

अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित Read More »