Nepal Insurance Surveyors Association

NISA ले सर्भे फी स्केलको बारेमा सबै बीमा कम्पनीहरुमा पत्राचार गरिसकेको जानकारी

मिति २०८१.०५.०१ गते देखि लागु हुने गरी NISA ले सर्भे फी स्केलको बारेमा सबै बीमा कम्पनीहरुमा पत्राचार गरिसकेको जानकारी गराउदछौ । यसरी निसाले प्रस्ताब गरेको सर्भे फी लागु भए पछी अर्थात मिति २०८१.०५.०१ देखि कुनै पनि सर्भेयरलाई बीमा कम्पनीले सर्भे कार्य गर्न नियुक्त गरिएमा यस संघबाट प्रस्ताबित स्केललाई स्वत मान्य भएको ठहरिनेछ । यदि सो स्केलमा कुनै सर्भेयरलाइ कम पारिश्रमिक तथा कम खर्चमा सर्भे काम गर्न लगाएमा बिमा सर्भेयर संघले बीमा कम्पनीलाई आवश्यक हस्तक्षेप गर्न बाध्य हुने भन्ने पत्राचार भएकोमा हाल बीमा प्राधिकरण को पहलमा भोलि बिहान छलफल सुरु हुन गइ रहेको जानकारी सम्पुर्ण सर्भेयरहरुमा गराउदछौ । अत उक्त अनुसार भएको प्रगति सबैमा अबगत गरिने नै जानकारी गर्दछौ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *